काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका नवनियुक्त ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।
दर्ज्यानी चिह्न सुशोभन समारोहमा गृहमन्त्री गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको छ।
सो अवसरमा गृहमन्त्री गुरुङले मुलुकको शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, विपद् व्यवस्थापन तथा नागरिक सेवालाई प्रभावकारी बनाउने कार्यमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभएको छ।
त्यस्तै, नागरिकमैत्री व्यवहार अवलम्बन गर्दै योजनाबद्ध रूपमा व्यावसायिक प्रहरी संगठनको विकास र सुदृढीकरणमा सदैव क्रियाशील रहन पनि उहाँले निर्देशन दिनुभएको छ।




















Discussion about this post