भोटखोला पहिरो: जिजिङ्ग्खामा ५ घर विस्थापित, स्थानीयको पहलमा अस्थायी पुनःस्थापना

संखुवासभा — संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ स्थित चीन सिमाना नजिकैको जिजिङ्ग्खा टोलमा पहिरो जाँदा ५ परिवार विस्थापित भएका छन्।

हिजो राति करिब ८ बजे भारी वर्षासँगै ढिस्को र ठूला ढुङ्गासहित आएको पहिरोले १ घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ भने अर्को १ घर आंशिक क्षतिग्रस्त भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर लामाले जनाएको छ । घटनामा मानव क्षति भने नभएको जनाइएको छ।

विस्थापित भएका परिवारहरू:

१. लिला बहादुर श्रेष्ठ — ७ जना
२. लाप्साङ शेर्पा — ४ जना
३. मुस्कान शेर्पा — ५ जना
४. सुब्बा श्रेष्ठ — ३ जना
५. रञ्जना श्रेष्ठ — घर पूर्ण क्षति, तर सो समयमा घरमा कोही नभएको

घटनापछि गाउँपालिका अध्यक्ष लामाको नेतृत्वमा पुगेको टोली, स्याकशिला गोला प्रहरी चौकी र स्थानीय युवाहरूको सक्रियतामा विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अहिले उनीहरूलाई अस्थायी पुनःस्थापनाको व्यवस्था गरिएको छ।

पालिका अध्यक्ष लामाका अनुसार भोलिसम्म सिप्रुङ गाउँका युवाको सहयोगमा अस्थायी पुनःस्थापना केन्द्र निर्माण गरिनेछ। आवश्यक सामग्रीहरू आज बेलुकासम्म गाउँपालिकाले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै पालिकाले आवस्यक पाल ग्यास ओछ्याउने सामग्री उपलब्ध गराउने भन्दै करिब ३ महिना जोगिएर बस्न सतर्क गराए ।

प्रहरी र स्थानीय स्वयंसेवकहरूद्वारा जोखिमयुक्त टोलमा नियमित अनुगमन भइरहेको र आगामी दिनमा थप सतर्कता अपनाइने जानकारी समेत दिइएको छ।

सुरक्षा, राहत र सहकार्यका लागि संलग्न सबैलाई स्थानीय तहबाट धन्यवाद ज्ञापन गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित