सभामुखको गाडिले ट्राफिक नियम उलंघन गरेको भन्दै चिट काट्यो

काठमाडौँ। डीपी अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले सिंहदरबार पुगेर कारबाही गरेको छ।

सभामुख अर्यालको गाडी तथा अगुवा–पछुवा सवारीले थापाथली क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गर्दै हिँडेपछि ट्राफिक प्रहरीले पछ्याउँदै सिंहदरबार भित्रै पुगेर चिट काटेको हो।

ट्राफिक नियम उल्लङ्घनप्रति कडाइ गर्ने क्रममा उच्च पदस्थ व्यक्तिको सवारीलाई समेत कारबाही गरिएको भन्दै उक्त घटनाले सर्वसाधारणबीच चासो बढाएको छ। प्रहरीले नियम सबैका लागि समान रूपमा लागू हुने सन्देश दिन यस्तो कदम चालिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित