धरान । करिब एक महिनाअघि मात्र शिलान्यास गरि शुरुआत गरिएको धरान वडा नम्बर ४ र १३,१४ जोड्ने फलामे पुलको लागिअन्तिम दिन ठुलो आर्थिक सहयोग हस्तान्तरण गर्दै बन्द गरिएको छ ।
बैशाख ३० गते भुपु गोर्खा समूहले पुल निर्माणस्थलमा पुगि आर्थिक सहयोग गरेका थिए । पुल निर्माणका लागि आवस्यक रकम पुग्ने भएपछि अव आर्थिक सहयोग बन्द हुने समयसिमा तोकेपछि भुपु गोर्खाहरु सहयोग लिएर पुगेका थिए । निवर्तमान वडा अध्यक्ष धनबहादुर राईले अव आवस्यक रकम पुग्ने भएकोले बैशाख ३० गतेको समयसिमा तोकेपछि हतारो गरेर संकलित सहयोग हस्तान्तरण गर्न आएको कुरा गोर्खा भुपु अध्यक्ष पुणेन्द्र लिम्बुले बताए ।
बैशाख ३० गते गोर्खा भुपु युकेको तर्फबाट ६ लाख ८१ हजार रुपैया संकलन गरि निर्माण समितिलाई हस्तान्तरण गरिएका थिए । त्यसैगरी गोर्खा भुपु सिङ्गापुरको तर्फबाट काठमाडौबाट ८९ हजार ५१८ रुपैया र धरानमा संकलन भएको ४६ हजार ६२२ रुपैया सहित कुल १ लाख ३६ हजार ४४० रुपैया भैरबकुमार राईले हस्तान्तरण गरेकाथिए । त्यसैगरी भारतीय गोर्खा भुपुको तर्फबाट मानसिङ तामाङले ११ जनाबाट संकलन गरिएको २७ हजार ३२५ रुपैया निर्माण समितिलाई हस्तान्तरण गरेका थिए । श्रमदान गर्न नसकेको भन्दै गोर्खा चौतारी निर्माण समुहबाट देश हुक्पाचोङ्बाङ संकलन गरेको २० हजार रुपैया खापानीको लागि भन्दै हस्तान्तरण गरेको । यो सहित बैशाख २० गते जम्मा १० लाख २२ हजार ८१४ रुपैया हस्तान्तरण भएको थियो ।
स्थानीय दिपक दुमि राईले नगद ५१ हजार रुपैया र धरान १५ निवासी दिलबहादुर लिम्बु र कमला लिम्बुको तर्फबाट बुवा स्वर्गीय लालबहादुर लिम्बुको नाममा ५१ हजार रुपैया सहित १ लाख २ हजार रुपैया हस्तान्तरण गरिएका थिए ।
समाजसेवी भुपु सेना किरात याक्थुङ चुम्लुङका अगुवा मोहन हुक्पाचोङ्बाङले आफ्ना ५ वर्षे नातिनिको युकेमा निधन भएको स्मृतिमा श्रीमती चन्द्र कुमारीं हुक्पाचोङ्बाङ कङ्दङबाट ५६ हजार ४९ रुपैया फलामे पुलको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएका थिए ।
दिपक दुमि राईले तत्कालीन समयमा शिलान्यास गर्दाको क्षण स्मरण गर्दै ५५ हजार रुपैयाबाट शुरुआत गरेको बताए । निवर्तमान वडा अध्यक्ष धनबहादुरले सबैलाई धन्यवाद दिदै बैशाख २६ गतेदेखि बन्द गर्ने सूचना गर्दा संकलित रकम बुझाउन थप समय कम भएको सबैबाट आएको बताए । फलामे पुल बनाउन ५० लाखको इस्टिमेट अनुमान गरे पनि लागत अनुमान बढेर ६० लाख कट्ने स्थिति भएको राईले बताए । डेढ महिना भित्र सकिने अनुमान गरे पनि मुख्य काम एक महिनामा सकिएको र रंग रोगन तथा फिनिसिङ गर्दा सोचिएको समयमा काम सम्पन्न हुने विश्वास गरे ।
धनबहादुरले शुरुमा त आर्थिक संकट नै भएको भन्दै रिण काडेर काम गर्नुपर्ने अवस्था आएको बताए । शिलान्यासको समयमा ५५ हजारबाट काम गरेको कुरा झापा घर भइ हाल अमेरिका बस्दै आएका संजिब सुब्बालाई सुनाउदा तत्काल आर्थिक सहयोग उपलब्ध भएको स्मरण गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा भुपु गोर्खा कर्ण तमुबाट समापन गरेका थिए । उनले धरानको नगर अस्पतालको जग्गा धरान उपमहानगरलाई फिर्ता आएको सुन्नमा आएको भन्दै भुपु गोर्खाको लागि नभै आम धरानेले उपचार पाउनुपर्ने जोड दिदै भुपुको तर्फबाट आफुले नेतृत्व गरेको सबैमाझ पहिलोपटक खुलासा गरेको बताए ।






















Discussion about this post