श्रम संस्कृति पार्टीको कार्यक्रममा जाने क्रममा टेम्पो दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर

केराबारी, मोरङ। श्रम संस्कृति पार्टीको केराबारी गाउँपालिकास्तरीय हातेमालो तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जाने क्रममा टेम्पो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

केराबारी गाउँपालिका–५ स्थित फूलबारी चोकमा टेम्पोको टायर पम्चर भएपछि अनियन्त्रित भई भिरबाट खसेको बताइएको छ। टेम्पोमा पाँच जना सवार रहेकोमा दुर्घटनामा तीन जना घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा केराबारी गाउँपालिका–४ टाकुरेका तिलक सिग मगरको टाउको र हातमा चोट लागेको छ। त्यस्तै, केराबारी–४ सिद्धाथुमका दीपेश राईको टाउको र करङमा चोट लागेको छ भने ज्ञानीमाया मगरको निधार र छातीमा चोट लागेको छ।

घाइतेहरुको उपचार बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भैरहेको कुरा श्रम संस्कृति पार्टीका श्रमदाता डेबिट थेगिम सुब्बाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित