काठमाडौँ। निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। ग्रामीण जीवनको संघर्ष, सपना र सामाजिक यथार्थ बोल्ने यस फिल्मले नेपाली सिने बजारमा हलचल मच्चाउने दाबी गरिएको छ। यो फिल्मलाई ‘पूर्ण बहादुर सारङ्गी’ जस्तो ब्लकबस्टर फिल्मका निर्देशक सरोज पौडेलले निर्देशन गरेका छन्। त्यसैले धेरैको ध्यान अहिले ‘कोशेढुङ्गा’ले सारङ्गीको रेकर्ड तोड्छ कि भन्नेमा केन्द्रित छ।
फिल्ममा आर्यन सिग्देल, सुरक्षा पन्त, ऋचा शर्मा, निती शाह जस्ता स्टार कलाकारको दमदार अभिनय रहेको छ।निर्माण पक्षका अनुसार ‘कोशेढुङ्गा’ ४० भन्दा बढी देशमा एकसाथ प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्ने तयारीमा छ। यसलाई अन्तर्राष्ट्रिय बजारमा सेभेज इन्टरनेशनल ले वितरण गर्नेछ। केही दिनअघि सार्वजनिक भएको तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’
अहिले टिकटक र सोशल मिडियामा भाइरल भएको छ। गीतको लोकप्रियताले फिल्मप्रतिको चासो झनै बढाएको छ।फिल्म प्रचार टोलीका अनुसार, “यो गीतको प्रभाव हेर्दा मात्र पनि फिल्मले ओपनिङमा धमाका गर्ने आँकलन गरिएको छ।”
फिल्मलाई प्रेविल कंडेल र किशोर अनुराग ले निर्माण गरेका हुन् भने नरदेवी फिल्म्स प्रा।लि। को ब्यानरमा निर्माण गरिएको हो।




















Discussion about this post