धरानमा हर्क साम्पाङ नेतृत्वको दार्चुला झोलुङ्गे पुल निर्माण अभियानको आय–व्यय सार्वजनिक(पत्रकार सम्मेलन भिडियो )

 

धरान । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा सञ्चालित दार्चुला झोलुङ्गे पुल निर्माण अभियानको आय–व्यय विवरण सार्वजनिक गरिएको छ।

सार्वजनिक विवरणअनुसार अभियानमा बैंकमार्फत २ करोड ७० हजार ५ सय ६ रुपैयाँ ७ पैसा र नगद ४९ लाख ६५ हजार ५ सय ९५ रुपैयाँ प्राप्त भएको छ। यसरी बैंक र नगद गरी कुल २ करोड ५० लाख ३६ हजार १ सय १ रुपैयाँ ७ पैसा संकलन भएको उल्लेख गरिएको छ।
अभियानमा हालसम्म कुल १ करोड २९ लाख २९ हजार १ सय ७४ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

खर्चको विवरण
– झोलुङ्गे पुल सामग्री खरिद : रु. ५५,७३,५२३
– सर्वे (Survey) : रु. ४,२४,०३४
– मेसिन खरिद : रु. ५,२४,६५५
– अफिस डकुमेन्ट : रु. ३६,९००
– प्रशासनिक खर्च : रु. ७,४१,५६१
– सामग्री ढुवानी (पुल सामग्री खरिदसँग सम्बन्धित) : रु. ५५,७३,५२३
– यातायात : रु. २,८५,३६३
– खाना खर्च : रु. १,९६,५०२
– बसोबास व्यवस्थापन : रु. ५,९१,५५५
– ढुवानी तथा विविध खर्च : रु. १,२४,४००

सार्वजनिक विवरणअनुसार हाल बैंक मौज्दात १ करोड ४ लाख ४५ हजार ४ सय ५२ रुपैयाँ ७ पैसा र नगद मौज्दात १६ लाख १५ हजार ९ सय ४१ रुपैयाँ रहेको छ। यसरी कुल मौज्दात १ करोड २० लाख ६१ हजार ३ सय ९३ रुपैयाँ ७ पैसा रहेको उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित