काठमाडौं । विपद् प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्दा संघ–संस्थालाई अनिवार्य रूपमा ‘एकद्वार प्रणाली’मा बाँध्न नहुने मन्त्री महावीर पुनले बताएका छन्।
पुनका अनुसार मौसम अनुकूल भएको अवस्थामा रसुवाको उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकामा हेलिकप्टरमार्फत खाद्य तथा राहत सामग्री पठाउने तयारी भइरहेको छ। ठूला हेलिकप्टर जान नसक्ने स्थानमा साना हेलिकप्टरबाट खाना तथा अन्य उद्धार सामग्री निरन्तर पुर्याइने उनले बताएका छन्।
उनले धुन्चेसम्म पुग्ने वैकल्पिक बाटोबाट जिपमार्फत समेत राहत सामग्री लैजान सकिने र विभिन्न संघ–संस्था तथा समूहले आफ्नै पहलमा राहत सामग्री वितरण गर्न सक्ने बताएका छन्।
“राहत वितरणका लागि एकद्वार प्रणाली चाहिँदैन,” पुनको भनाइ छ।




















Discussion about this post