नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

२०८३ कात्तिक २३ गते बिहान करिब १०ः५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोटको विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङको मृत्यु भएको छ।

त्यस्तै, मोटरसाइकलमा सवार विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापा मगरको पनि उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित