भाटभटेनी संस्थाद्वारा बागमतीका पाँच मन्त्री सम्मानित

काठमाडौं। तिहार तथा छठ पर्वको अवसर पारेर माँ भाटभटेनी संस्थाले बागमती प्रदेश सरकारका पाँच जना मन्त्रीलाई सम्मान गरेको छ। राष्ट्र विकास, सुशासन, समृद्धि र जनसेवाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै संस्थाले उनीहरूलाई सम्मानपत्र प्रदान गरेको हो।

काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँको गहनापोखरी परिसरमा आयोजित कार्यक्रममा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

सम्मानित हुने अन्य मन्त्रीहरूमा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री राजु विष्ट, भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर के.सी., विनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ र स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ रहनुभएको थियो।

तिहार तथा छठको अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरूको योगदानको प्रशंसा, स्थानीयवासीको उल्लेख्य उपस्थिति

कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले मन्त्रीहरूको नेतृत्व क्षमता, कार्यशैली तथा सार्वजनिक सेवाप्रतिको प्रतिबद्धताको चर्चा गर्दै उनीहरूले सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री राजेन्द्र प्रजापतिले तिहार तथा छठ पर्वका अवसरमा देशवासीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो। साथै, मन्त्रीहरूलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेकोमा माँ भाटभटेनी संस्था परिवारप्रति आभार व्यक्त गर्नुभयो।

संस्थाकी अध्यक्ष मधुकुमारी थापा (श्रेष्ठ) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा संयोजन सचिव सबिना प्रजापतिले गर्नुभएको थियो।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य जनप्रतिनिधिहरूको योगदानको सम्मान गर्नुका साथै स्थानीय समुदाय र जनप्रतिनिधिबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनु रहेको छ। यस्ता कार्यक्रमले सामाजिक सद्भाव, आपसी एकता र सार्वजनिक सेवाप्रतिको सम्मान बढाउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित