राष्ट्रिय जनावर परिवर्तनको बहस: पूर्व आईजीपी चन्द्र कुबेर खापुङले किन दिए एकसिङ्गे गैँडाको पक्षमा धारणा?

काठमाडौं । नेपाल आदिवासी जनजाति आयोगले नेपालको राष्ट्रिय जनावर गाईको सट्टा लोपोन्मुख एकसिङ्गे गैँडालाई राष्ट्रिय जनावर घोषणा गर्ने प्रस्ताव अघि सारेपछि सामाजिक सञ्जालमा पक्ष–विपक्षमा व्यापक बहस सुरु भएको छ।

यसै क्रममा नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ ले आफ्नो सामाजिक सञ्जालमार्फत एक अनुभव साझा गर्दै उक्त प्रस्ताव उपयुक्त लागेको बताएका छन्।

उनले लेखेका छन् कि सन् २००७/०८ मा संयुक्त राष्ट्रसंघ (यूएन) मिसनका क्रममा क्यारेबियन राष्ट्र हैटी पुगेका बेला स्थानीय व्यक्तिलाई नेपालको राष्ट्रिय जनावर गाई भएको जानकारी दिँदा ती व्यक्तिले “मलाई सबैभन्दा मिठो लाग्ने चिज” भन्दै प्रतिक्रिया दिएको सम्झना आज पनि उनलाई असहज लाग्ने गरेको छ।

त्यस्तै, अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटन क्षेत्रमा एकपटक ‘मेड इन नेपाल’ लेखिएको एकसिङ्गे गैँडाको टाउको भएको ट्याग भेट्दा आफूलाई नेपालकै चिनारी सम्झिएको अनुभव पनि उनले सुनाएका छन्। उनका अनुसार, यदि नेपालको राष्ट्रिय जनावर एकसिङ्गे गैँडा भएको भए संसारका जुनसुकै ठाउँमा यसको तस्बिर देख्दा नेपाल सहजै सम्झन सकिन्थ्यो।

खापुङले गाईप्रति नेपाली समाजको धार्मिक आस्था र सम्मान कायम रहनुपर्ने उल्लेख गर्दै पनि राष्ट्रिय पहिचानका दृष्टिले एकसिङ्गे गैँडालाई राष्ट्रिय जनावर बनाउने प्रस्ताव आफूलाई उपयुक्त लागेको धारणा व्यक्त गरेका छन्।
आयोगको प्रस्ताव सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यस विषयमा विभिन्न धारणा र टिप्पणीहरू आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित