श्रम संस्कृति पार्टीको प्रेस विज्ञप्ति : प्रहरीमाथि उजुरी दिएको समाचारको खण्डन

नविन सेन्चुरी

धरान, साउन ७ — श्रम संस्कृति पार्टीले इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीषणबाबु राईविरुद्ध पार्टीले हेलो सरकारमा उजुरी दर्ता गरेको भन्ने समाचार तथ्यहीन रहेको भन्दै त्यसको औपचारिक खण्डन गरेको छ।

पार्टीका प्रवक्ता सत्य गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा श्रम संस्कृति पार्टीले डीएसपी भीषणबाबु राईविरुद्ध कुनै पनि प्रकारको उजुरी हेलो सरकारमा दर्ता नगरेको स्पष्ट पारिएको छ। साथै, सम्बन्धित समाचारमा पार्टीको नाम जोडिए पनि पार्टीको आधिकारिक धारणा नलिई समाचार प्रकाशित गरिएको भन्दै आपत्ति जनाइएको छ।

विज्ञप्तिअनुसार सम्बन्धित सञ्चारमाध्यमले पार्टीको आधिकारिक धारणा समावेश नगरी समाचार प्रकाशन गरेकोले उक्त समाचार तथ्यपरक नभएको उल्लेख गरिएको छ।

पार्टीले प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता तथा जिम्मेवार पत्रकारिताका सिद्धान्त पालना गर्दै सम्बन्धित पक्षको आधिकारिक धारणा लिएर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

साथै, प्रकाशित समाचारमा आवश्यक तथ्यगत सच्याइ गरी श्रम संस्कृति पार्टीको आधिकारिक धारणा समावेश गर्न र भविष्यमा पार्टीसँग सम्बन्धित समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आधिकारिक जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित