राहदानी विभागमा नयाँ प्रणालीपछि नागरिक हैरान, सेवा प्रवाह प्रभावित

काठमाडौं। नागरिकलाई छिटो र सहज सेवा दिने उद्देश्यले लागू गरिएको नयाँ ई–पासपोर्ट प्रणाली सुरुवातमै प्राविधिक समस्याले प्रभावित बनेको छ। राहदानी विभागमा सेवाग्राहीले लामो लाइन, अपोइन्टमेन्ट नपाउने, अनलाइन भुक्तानी असफल हुने, प्रणाली बारम्बार अवरुद्ध हुने तथा राहदानी वितरणमा ढिलाइ हुने समस्याको गुनासो गरेका छन्।

सेवाग्राहीका अनुसार बिहानदेखि लाइनमा बसे पनि पालो नआउने, कतिपयले १० दिनसम्म धाउँदा पनि राहदानी नपाएको बताएका छन्। विभागका कर्मचारीहरूले समेत प्राविधिक समस्याकै कारण सेवा प्रभावित भएको बताएका छन्।

सरकारले पुरानो प्रणालीको स्थानमा जर्मन कम्पनीहरूको नयाँ ई–पासपोर्ट प्रणाली लागू गरे पनि अपेक्षाअनुसार प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। विभागले ठूलो परिमाणमा डेटा स्थानान्तरण सफल भएको दाबी गरे पनि व्यवहारमा सेवा प्रवाह सुस्त बनेको देखिएको छ।
विभागका कर्मचारी र सेवाग्राहीका अनुसार पहिले दैनिक करिब ५ हजार राहदानी छापिने गरेकोमा अहिले वितरण उल्लेखनीय रूपमा घटेको दाबी गरिएको छ। यस्तै पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा र म्याग्दी लगायत जिल्लामा पनि लगइन, पासवर्ड र प्रणाली ‘डाउन’ हुने समस्या देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित