श्रम संस्कृति पार्कको वेलकम हटमा चोरी

धरान । श्रम संस्कृति पार्क धरानमा रहेको वेलकम हट खाजा घरमा गए राति चोरी भएको छ ।

पार्कको दक्षिणतर्फ रहेको जम्मा ११ वटा हट मध्ये ६ वटाको ताला फोरिएको कुरा वेलकम हटका संचालक बर्षा तामाङले जनाएको छ । एकबाट ताला फोर्न शुरु गरेपछि चाम्लिङ खाजा घरमा सिसि क्यामेरा समेत रहेको र ताला अलि ठुलो भएकोले फुटाउन नसकेको बर्षा तामाङले अनुमान गरेको छ । गए राति करिब १२ बजेपछि चोरि भएको अनुमान गरिएको छ ।

केकति नगद र जिन्सि लगियो भन्ने एकिन भएको छैन । यस विषयमा बर्षा तामाङसंग बुझ्न खोज्दा फोन उठेन । केहि समय अघि पनि पार्कको काउन्टरमा तोडफोड भएका थिए । सिसि क्यामेरा भए पनि छलेर गुणस्तरहिन क्यामेराका कारण मान्छे पत्तो लगाउन सकेको छैन । त्यसपछि धरान उपमहानगरले नाइट ड्युटिको लागी नगर प्रहरी खटाएको छ । तर नगर प्रहरी आरा धरानमा रहेको मौका छोपेर चोरि भएको अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित