नवीन सेन्चुरी
धरान, साउन २१
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लले वडा प्रहरी कार्यालय धरानको निरीक्षण तथा अवलोकन गरेका छन्।

निरीक्षणका क्रममा एसपी मल्लले वडा प्रहरी कार्यालयको भवन, विभिन्न शाखा, हिरासत कक्ष, अभिलेख व्यवस्थापन, शान्ति–सुरक्षा सम्बन्धी तयारी तथा दैनिक कार्यसम्पादनको अवस्थाबारे जानकारी लिएका थिए।

उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीसँग भेटघाट गर्दै नागरिकलाई प्रदान गरिने प्रहरी सेवा प्रभावकारी, पारदर्शी, निष्पक्ष र नागरिकमैत्री बनाउन निर्देशन दिएका छन्। प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीप्रति थप संवेदनशील र जवाफदेही भएर काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

एसपी मल्लले समाजमा ‘गुन्डा’, ‘बिचौलिया’ वा ‘मै हुँ’ भन्दै सर्वसाधारणलाई त्रसित बनाउने प्रवृत्तिका व्यक्तिहरूसँग प्रहरी कर्मचारीले कुनै पनि प्रकारको उठबस, सङ्गत वा मिलेमतो गर्न नहुने स्पष्ट निर्देशन दिएका छन्।

त्यस्ता व्यक्तिसँग प्रहरी कर्मचारीको सम्बन्ध, संरक्षण वा मिलेमतो भएको पाइएमा संगठनको नियम र प्रचलित कानुनबमोजिम कडा विभागीय कारबाही गरिने चेतावनीसमेत उनले दिएका छन्।

निरीक्षणका क्रममा एसपी मल्लले प्रहरी कार्यालयको आन्तरिक अनुशासन, अपराध नियन्त्रण, शान्ति–सुरक्षा तथा नागरिकसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीको नेतृत्व सम्हालेपछि एसपी मल्लले मातहतका प्रहरी कार्यालयहरूको नियमित निरीक्षण तथा अनुगमनलाई तीव्रता दिएका छन्। उनले प्रहरी संगठनलाई थप अनुशासित, जवाफदेही, व्यावसायिक र नागरिकको विश्वासमा आधारित बनाउने अभियानलाई प्राथमिकतामा राख्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित