नबिन सेन्चुरी
धरान । महिलालाई सीपसँग जोड्दै स्वरोजगार र आत्मनिर्भरतर्फ अघि बढाउने उद्देश्यले जनकी महिला जागरण समाजले आज जनकपुरधामस्थित मसला कटेजमा ‘She Leads: Life Skills and Livelihoods Support’ कार्यक्रमअन्तर्गत उद्यम तथा व्यवसायजन्य सामग्री हस्तान्तरण समारोह आयोजना गरेको छ।
कार्यक्रममार्फत १८१ जना दलित तथा विविध पृष्ठभूमिका महिलालाई उद्यम सञ्चालनमा सहयोग पुग्ने सामग्री उपलब्ध गराइएको जनाइएको छ। विशेषगरी सिलाइ तथा टेलरिङ व्यवसाय सञ्चालनका लागि आवश्यक सिलाइ मेसिन, सिलाइ मेसिन टेबल तथा स्टुल, कैंची, स्केल, यार्नो, इलास्टिक र इलेक्ट्रिक आइरनलगायतका सामग्री हस्तान्तरण गरिएको छ।
महिलालाई केवल तालिममा सीमित नराखी सीपसँगै व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। यसबाट सहभागी महिलाले आफ्नै घर तथा समुदायमै व्यवसाय सञ्चालन गरी आम्दानीको स्रोत सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको मुख्य उद्देश्य महिलाको जीविकोपार्जनमा सुधार, आर्थिक सशक्तीकरण तथा आत्मनिर्भरता बढाउनु रहेको जनकी महिला जागरण समाजले जनाएको छ।
कार्यक्रममा विभिन्न सहयोगी संस्थाको सहकार्य रहेको छ। सामग्री सहयोगमार्फत महिलालाई रोजगारी खोज्नेभन्दा पनि आफैं उद्यमी बन्न प्रेरित गर्ने प्रयास गरिएको आयोजकको भनाइ छ।




















Discussion about this post