रसुवाको बाढीले बगाएको पैसा राख्ने सेफ फोडेर नगद चोरी गरेको आरोपमा २९ जना नियन्त्रणमा

धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राखिएको सेफ फोडेर नगद चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार २०८३ भदौ १२ गते धादिङको गल्छी गाउँपालिका–४ बेल्खुस्थित त्रिशूली नदीको किनारमा स्थानीयले सेफ फेला पारेका थिए। सेफभित्र रहेको नगद पैसा चोरी गरेको भन्ने सूचनाका आधारमा प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट कुल रु. २९ लाख ६८ हजार ६०५ नगद बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमा धादिङ गल्छी, गजुरी, सिद्धलेकलगायत विभिन्न स्थानका व्यक्तिहरू रहेका छन्। साथै चितवन र पर्सा जिल्लाका व्यक्तिहरू समेत रहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको सम्बन्धमा समेत थप अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता प्रकाश दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा बरामद रकमको विवरण र नियन्त्रणमा लिइएका व्यक्तिहरूको नामसमेत सार्वजनिक गरिएको छ।
प्रहरीले बरामद गरेको नगद रकमको तस्बिरसमेत सार्वजनिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित