धनकुटामा १ हजार २४० किलो ६ सय ग्राम गाँजासहित ट्रक नियन्त्रणमा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागूऔषध गाँजासहित ट्रक बरामद गरिएको छ।

कोशी लोकमार्गमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्न खोजेको थियो।

प्रहरीका अनुसार चेकजाँचका क्रममा ट्रक चालक ट्रकबाट हाम फालेर फरार भएका थिए। ट्रक शंकास्पद लागेपछि चेकजाँच गर्दा ट्रकभित्र लुकाइराखिएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध गाँजा फेला परेको हो।

गाँजासहित ट्रक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। फरार चालकको खोजतलास भइरहेको छ भने गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित