सुनजस्तो धातु देखाएर १ करोड ३२ लाख रुपैयाँ ठगी गरेको आरोपमा व्यक्ति पक्राउ

काठमाडौं । सुनजस्तो देखिने पहेँलो धातु देखाएर पटक–पटक गरी १ करोड ३२ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ घर भई काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिल थापा मगर रहेका छन्।

प्रहरीका अनुसार टोखा नगरपालिका–९, मिलनटोलस्थित एक घरबाट उनलाई पक्राउ गरिएको हो। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ४.५६ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

अनुसन्धानका क्रममा थापा मगर यसअघि जबरजस्ती करणीसम्बन्धी कसुरमा कैदी रहेको र २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेको समेत खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित