स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारी दुरुपयोग गरेकोतर्फ संघीय मामिला र राष्ट्रिय सतर्कता केन्द्रको ध्यानाकर्षण

काठमाडौ । देशभरका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूले निजी प्रयोजनका लागि सरकारी साधन दुरुपयोग गरेको भन्दै हेल्लो सरकारमा उजुरीहरू दर्ता भएपछि राष्ट्रिय सतर्कता केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहको ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार विवाह, ब्रतबन्ध, मलामी, निजी तथा पारिवारिक भ्रमण, मनोरञ्जनलगायत व्यक्तिगत काममा सरकारी सवारी साधन प्रयोग गर्ने, इन्धन, चालक भत्ता तथा मर्मत खर्च शीर्षकमा अवैध भुक्तानी लिने, तथा सरकारी सुविधा र संसाधन व्यक्तिगत स्वार्थमा दुरुपयोग गरिँदै आएको उजुरीहरू बढ्दै गएका छन्।

यस्ता गतिविधि कानूनविपरीत भएकाले आवश्यक कार्यवाही एवं नियन्त्रणका लागि सतर्कता केन्द्रले मन्त्रालयलाई पत्राचार गरेको उल्लेख छ। त्यसअनुसार मन्त्रालयले सबै स्थानीय तहलाई कानूनले तोकेको सीमाभित्र रहेर मात्र सुविधा प्रयोग गर्ने, दुरुपयोग भेटिएमा कारवाही प्रक्रिया अघि बढाउने र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८(१)(क) बमोजिम निर्देशन पालना गर्न कडाइका साथ आदेश दिएको छ।

मन्त्रालयले प्राप्त उजुरीको सत्यतथ्य पुष्टि गर्न आवश्यक जानकारी र विवरण मन्त्रालयमा पठाउन समेत स्थानीय तहहरूलाई सूचित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित