धरान । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सुनसरी जिल्लाबाट केन्द्रीय समितिमा निर्वाचित केन्द्रीय सदस्यहरूलाई नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर–१ ले सम्मान गरेको छ। सम्मानित हुनेमा केन्द्रीय सदस्यहरू कम्रेड जगदीश कुशियात, कम्रेड भगवती चौधारी र कम्रेड मन्जु भण्डारी रहेका छन्।
कार्यक्रममा पार्टी नेतृत्व र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पार्टीले संगठन सुदृढीकरण, आगामी निर्वाचनको तयारी तथा राजनीतिक एजेण्डामा केन्द्रित भएर छलफलसमेत गरेको जनाइएको छ।
यसै क्रममा आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवारहरू सिफारिस गरिएको छ। सिफारिस हुनेमा केन्द्रीय सदस्य तथा धरानकी पूर्व उपमेयर कम्रेड मन्जु भण्डारी सुवेदी, कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा पूर्व सांसद कम्रेड जयकुमार राई, कोशी प्रदेश कमिटी सदस्य तथा लोकतान्त्रिक जनजाति महासङ्घ सुनसरी इन्चार्ज कम्रेड लहरुमाया जिमी, कोशी प्रदेश कमिटी सदस्य कम्रेड सूर्य पङ्गधाप लिम्बू रहेका छन्।
त्यस्तै कोशी प्रदेश कमिटी सदस्य कम्रेड राजेन्द्र कार्की, सुनसरी जिल्ला कमिटी सदस्य कम्रेड टीका माग्देन लिम्बू, जिल्ला कमिटी सचिवालय सदस्य कम्रेड नारायणप्रसाद सुवेदी तथा जिल्ला कमिटी सदस्य कम्रेड ईन्द्रकुमार राई पनि प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
पार्टीले सिफारिस गरिएका उम्मेदवारहरूलाई जनतामाझ स्थापित गर्दै आगामी निर्वाचनमा सशक्त उपस्थिति जनाउने तयारी थालेको जनाएको छ।





















Discussion about this post