आफ्नै पार्टीको सरकारप्रति रास्वपा सांसद आशिका तामाङको असन्तुष्टि ‘मन्त्री परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ?’

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्नै पार्टी नेतृत्वको सरकारको कार्यशैलीप्रति प्रश्न उठाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत मन्त्रीहरू परिवर्तन गर्दैमा मात्रै देश परिवर्तन नहुने भन्दै सरकारको कार्यप्रणाली, विधि तथा नीति–नियममा परिवर्तन आवश्यक रहेको बताएकी छन्।

तामाङले लेखेकी छन्—
“मन्त्रीहरू परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ? देश चलाउने कार्य प्रणाली उही, विधि उहीँ, नीति नियम उहीँ, चाहियो हामीलाई छानीछानी महिनौँपिच्छे नयाँ नयाँ मन्त्री ?? एक महिनामा एउटा मन्त्रीले परिवर्तन गर्न सक्ने भनेको उही आफ्नो नयाँ टाई र कोट मात्र हो!”

उनको यो अभिव्यक्तिलाई आफ्नै पार्टीको सरकारको कामकारबाहीप्रति सार्वजनिक असन्तुष्टिका रूपमा हेरिएको छ।

पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नै सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै आएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित