धरान, सुनसरी । मंगोल नेशनल अर्गनाइजेशन (MNO) जिल्ला सभा सुनसरीको ऐतिहासिक चौथो जिल्ला अधिवेशन–२०२६ धरानमा सम्पन्न भएको छ। अधिवेशनले ५ जना पदाधिकारीसहित २७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको आयोजकले जनाएको छ।
धरान उपमहानगरपालिका–८ स्थित लाङ्घाली सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजित अधिवेशन चौथो जिल्ला अधिवेशन मूल आयोजक सभा सुनसरीको आयोजनामा भएको हो। सभा अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतामा सम्पन्न अधिवेशनमा तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, संखुवासभा र उदयपुरलगायत जिल्लाबाट MNO का पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी भएका थिए।
अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिलाई जिल्लामा संगठनको गतिविधि विस्तार तथा सांगठनिक संरचनालाई थप मजबुत बनाउने जिम्मेवारी दिइएको जनाइएको छ।
कार्यक्रमका क्रममा सहभागी प्रतिनिधिहरूबीच संगठनको आगामी कार्यदिशा, सांगठनिक रणनीति तथा जिल्लास्तरमा गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफलसमेत भएको थियो।
विभिन्न जिल्लाबाट आएका प्रतिनिधि तथा पदाधिकारीको सहभागिताले अधिवेशनलाई थप महत्वपूर्ण बनाएको आयोजकको भनाइ छ। नयाँ कार्यसमिति चयनसँगै MNO जिल्ला सभा सुनसरीले आगामी दिनमा संगठनलाई थप व्यवस्थित र सक्रिय रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
यसरी नयाँ नेतृत्व चयन गर्दै MNO जिल्ला सभा सुनसरीको ऐतिहासिक चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो।





















Discussion about this post