सुनसरी १ को मतगणना शुरु,धरान १ को उद्योग वाणिज्य संघको मतपेटिका घोप्ट्याउदा यस्तो देखियो घण्टि

धरान । बहुचर्चित बहु प्रतिक्षित सुनसरी १ को मतगणना १ बजेर ५ मिनेट जाँदा शुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय सभागृहमा धरान उपमहानगर वडा नम्बर १ बाट मतगणना शुरु भएको छ । वडा नम्बर १ को सुनसरी उद्योग वाणिज्य संघको मतदान केन्द्रमा रहेको मतपेटिका दुईवटा खन्याएर शुरु भएको छ । सुनसरी १ मा कुल १५०३९३ मतदाता रहेका छन । २१ गते ५८.२३ प्रतिशत मत खसेको कुरा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नम्बर १ मा ३३६१ मतदाता रहेका छन । २१ गते १९६१ मत खसेको छ ।

यसरी मतपेटिका घोप्ट्याउदा चिसेफायुको क्यामेरा कैद गर्दा तलका दृश्य मतमा छाप लागेको देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित