काठमाडौंमा बजार अनुगमन तीव्र, १० फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न उद्योग तथा फर्ममा अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कारबाही गरेको छ।

विभागको पत्रअनुसार २३ वटा उद्योग तथा फर्ममा अनुगमन गरिएकोमा १० वटा फर्मलाई जरिवाना गरिएको छ भने बाँकी फर्मलाई सामान्य निर्देशन दिइएको छ।
अनुगमनका क्रममा अनिल किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। उक्त पसलले सरकारी निकायले तोकेको दररेटभन्दा बढी मूल्यमा ग्यास बिक्री गरेको पाइएको विभागले जनाएको छ।

त्यस्तै हाती मिठाई एण्ड रेस्टुरेन्टलाई २० हजार, आर स्टोरलाई २५ हजार, तनिस्क ट्रेडर्स सपलाई २० हजार, आयुष खाद्य पसललाई २० हजार, मिठाई संसारलाई २० हजार र आदर्श पेन्ट्स एण्ड केमिकल्सलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

यसैगरी साहित्य रत्न तुलाधर, सुन्दर पानी पुरी पसल र गजियस फेसनलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागको विवरणमा उल्लेख छ।

विभागले अन्य १३ वटा फर्मलाई सामान्य निर्देशन दिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित