– नविन सेन्चुरी
धरान । धरान–८ स्थित डम्पिङ साइट नजिक कोशी राजमार्गमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका प्रहरी हवल्दार घाइते भएका छन्।
प्रहरीका अनुसार २०८३ भदौ ३१ गते दिउँसो करिब २ः५० बजे धरानबाट सेउतीतर्फ जाँदै गरेको को १–०२–००१ ज ४६०२ नम्बरको इभीले सोही दिशातर्फ जाँदै गरेको स ६ प ४४९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रबन्ध शाखामा दरबन्दी भई प्रहरी चौकी तिनकुनेमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार चन्द्र कुमार श्रेष्ठ घाइते भएका छन्। उनको दुवै खुट्टा तथा अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते श्रेष्ठलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा, धरान पठाइएको थियो। दुर्घटनामा श्रेष्ठले बोकेको Motorola UHF ह्यान्डसेटसमेत फुटेर क्षति भएको प्रहरीले जनाएको छ।
इभी चालक धरान–१७ का ४३ वर्षीय मोहन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी तिनकुनेमा ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




















Discussion about this post