कांग्रेसको ‘मिसन रुट सशक्तिकरण’ अभियान धरानबाट सुरु

धरान, कात्तिक १५। नेपाली कांग्रेसले आफ्नो संगठनलाई बलियो, गतिशील र चुस्त बनाउन ‘मिसन रुट सशक्तिकरण’ नामक अन्तरसंवाद अभियान सुरु गर्ने तयारी गरेको छ।

सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार अभियान धरान उपमहानगर, बराहक्षेत्र र रामधुनी नगरपालिकाका २७ वटै वडामा सञ्चालन हुनेछ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको आयोजनामा र प्रदेश, पालिका तथा वडा कार्यसमितिको समन्वयमा कार्यक्रम अघि बढाइनेछ।

अभियानमा पार्टीका टोलदेखि वडा तहका प्रतिनिधि र क्रियाशील सदस्यहरूसँग प्रत्यक्ष अन्तरसंवाद गरिनेछ। यसमार्फत आगामी निर्वाचनमा युवा पुस्ताको सहभागिता सुनिश्चित गर्न, क्रियाशील सदस्यता नवीकरण, धरानस्थित संयुक्त पार्टी कार्यालय पुनःनिर्माण, संगठन सुदृढीकरण र पार्टीभित्र शुद्धिकरणमा जोड दिइने बताइएको छ।

सभापति तामाङले भने, “यो अभियानले कार्यकर्तामा नयाँ उत्साह ल्याउने र हालको राजनीतिक अनिश्चिततालाई आशामा परिणत गर्ने विश्वास लिएका छौं।”

कांग्रेसले अभियानमार्फत आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गराउन जनचेतना फैलाउने लक्ष्य राखेको छ।

‘मिसन रुट सशक्तिकरण’ अभियानको सुरुवात रामधुनी नगरपालिका–६ र ७, बक्लौरीबाट हुने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित