चीनले सार्वजनिक गर्‍यो घोडा अंकित हुलाक टिकट

बेइजिङ, जनवरी ५, २०२६ — चीन पोस्टले आगामी चिनियाँ नयाँ वर्षको अवसरलाई लक्षित गर्दै घोडाको वर्ष (इयर अफ द होर्स) का विशेष स्मारक हुलाक टिकटहरू सोमबार बेइजिङमा सार्वजनिक गरेको छ।

दुई वटा टिकट समावेश गरिएको यस सेटमा चिनियाँ संस्कृतिमा जीवन्तता, एकता र राष्ट्रिय विकासको प्रतीक मानिने घोडाका आकर्षक चित्रहरू समेटिएका छन्। एउटा टिकटमा बादल चिर्दै उफ्रिरहेको रातो घोडा देखाइएको छ भने अर्को टिकटमा तीन वटा घोडा एकसाथ दौडिरहेको दृश्य प्रस्तुत गरिएको छ, जसले सामूहिक शक्ति र साझा आकाङ्क्षालाई जनाउँछ।

त्यसै दिन चीन पोस्टले हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रका हुलाक निकायहरूसँग सहकार्यमा तयार गरिएको संयुक्त राशिचक्र (जोडियाक) थिमको मिनी–शीट पनि सार्वजनिक गरेको छ।
(तस्बिर: चीन पोस्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित