होल्डिङ सेन्टरका सुकुम्बासी बालकलाई हर्क साम्पाङद्वारा रु. ५० हजार सहयोग घोषणा

धरान । होल्डिङ सेन्टरमा आश्रय लिइरहेका एक सुकुम्बासी बालकको रोदन र पीडादायी अवस्था देखिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले व्यक्तिगत रूपमा रु. ५० हजार सहयोग गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत बालकको तस्बिर सार्वजनिक गर्दै साम्पाङले लेखेका छन्:

“यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट रु. ५० हजार सहयोग गर्ने भएँ! तिम्लाई यो सरकारले दिएको चोटमा मेरो तर्फबाट सानो मलमपट्टी! तिमी रुँदा तिमीसँगै रुन सकिनँ भने, के अर्थ भो र दुःखमा तिम्रो हुन सकिनँ भने!”
उनको यो घोषणापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। धेरैले बालकप्रति देखाइएको मानवीय संवेदनाको प्रशंसा गरेका छन् भने कतिपयले सुकुम्बासी परिवारको दीर्घकालीन समस्या समाधानका लागि राज्यले पुनर्वास र उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको जीवनयापन, पुनर्वास र बालबालिकाको भविष्यलाई लिएर पछिल्लो समय सार्वजनिक चासो बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित