दुर्गा प्रासाई विरुद्ध १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय गर्न माग

​काठमाडौं, असोज १९ — सामाजिक अभियन्ता दुर्गा प्रसाईं विरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले प्रसाईंलाई कडा सजायको मागदावी गर्दै अभियोगपत्र दर्ता गराएको हो।

​जिल्ला न्यायाधिवक्ता एकराज चौलागाईं द्वारा दायर अभियोगपत्रमा प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत अपमानजनक तथा चरित्रहत्या गर्ने किसिमका सामग्री पोस्ट गरी विद्युतीय कारोबार ऐनको दफा ४७ (१) विपरीतको कसुर गरेको उल्लेख छ।

​सरकारी वकील कार्यालयले निज प्रसाईंलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय गर्न माग गरेको छ। साथै, निजले पटक-पटक कसुर दोहोर्याएको देखिएमा सोही ऐनको दफा ४७ (२) बमोजिम अघिल्लो सजायको डेढी (१.५ गुणा) सम्म थप सजाय हुनुपर्ने दाबी समेत अभियोगपत्रमा गरिएको छ।

​यसका साथै, विद्युतीय कारोबार ऐनको दफा ४८ र ५६ एवं अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडितलाई मनासिव क्षतिपूर्ति र क्षतिपूर्ति शुल्क भराउन समेत मागदावी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित