संखुवासभा । भोटखोला गाउँपालिकाको शिक्षा क्षेत्रको विकास, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै श्री किङसन लामा र श्री तेन्जिन डुक्पा लामालाई भोटखोला भोटे कल्याण समाजले सम्मान गरेको छ।
समाजले शिक्षा क्षेत्रको उन्नति, विद्यालय विकास, विद्यार्थीहरूलाई प्रेरणा प्रदान गर्ने कार्य तथा समाजमा शिक्षाको महत्व स्थापित गर्न उहाँहरूले पुर्याएको दीर्घकालीन योगदानको उच्च मूल्यांकन गर्दै सम्मान अर्पण गरेको जनाएको छ।
समाजका अनुसार यो सम्मान केवल दुई व्यक्तित्वप्रतिको सम्मान मात्र नभई शिक्षा क्षेत्रमा समर्पित सम्पूर्ण शिक्षक, शिक्षाप्रेमी, अभिभावक तथा समाजसेवीहरूको योगदानप्रतिको सम्मान पनि हो। यसबाट आगामी दिनमा शिक्षा क्षेत्रको थप विकासका लागि उत्साह, जिम्मेवारी र प्रेरणा मिल्ने विश्वास गरिएको छ।
यस अवसरमा सम्मानित व्यक्तित्वद्वयलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँहरूको शिक्षा र समाज विकासप्रतिको समर्पण आगामी दिनमा पनि निरन्तर रहिरहोस् भन्ने कामना गरिएको छ। उहाँहरूको योगदानले भोटखोलाका भावी पुस्तालाई शिक्षा, अनुशासन, मेहनत र सेवाभावको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास समाजले व्यक्त गरेको छ।






















Discussion about this post