ओजस शर्माको छैटौँ जन्मदिन सामाजिक सेवामार्फत मनाइयो

धरान, साउन २९ । बालक ओजस शर्माको छैटौँ जन्मदिनको अवसरमा होप धरानको सहकार्यमा धरानमा खाना वितरण कार्यक्रम आयोजना गरिएको छ।

जन्मदिनलाई मनोरञ्जन र उत्सवमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले धरान–१ मित्र छाता चोकस्थित पुनर्स्थापना गृहमा रहेका व्यक्तिहरूलाई खाना वितरण गरिएको हो।

शुक्रबार आयोजित कार्यक्रममा होप धरानका अध्यक्ष निश्चल पलिखेको सभापतित्व रहेको थियो भने प्याब्सन धरानका अध्यक्ष दीपक घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सामाजिक क्षेत्रका व्यक्तित्व, अभिभावक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

जन्मदिनका अवसरमा हुने खर्चको केही अंश सामाजिक सेवामा समर्पित गर्दै पुनर्स्थापना गृहमा रहेका व्यक्तिहरूलाई खाना उपलब्ध गराउने पहल गरिएको आयोजकले जनाएको छ। यसले बालबालिकाको जन्मदिनलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्ने सकारात्मक संस्कारको विकासमा योगदान पुग्ने आयोजकको विश्वास छ।

होप धरानले बालबालिकाको प्रतिभा, क्षमता र आत्मविश्वास विकास गर्ने उद्देश्यले ‘Junior Mr. & Miss Dharan Idol 2026 Season 2’ लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले बालबालिकालाई केन्द्रमा राखेर सामाजिक सेवा तथा सहयोगका कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको जनाएको छ।

“Embrace Your Spark: Where Every Child is a Star” भन्ने नारासहित अघि बढिरहेको होप धरानले बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै सामाजिक सेवामूलक गतिविधिलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ।

आयोजकका अनुसार ओजस शर्माको छैटौँ जन्मदिनलाई अर्थपूर्ण, सामाजिक रूपमा उपयोगी र सम्झनलायक बनाउने उद्देश्यले खाना वितरण कार्यक्रम आयोजना गरिएको हो। आगामी दिनमा पनि बालबालिका तथा समुदाय लक्षित रचनात्मक एवं सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने होप धरानले जनाएको छ। तस्बिर गोपाल पौडेल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित