बाढीपीडितको उद्धार तथा राहतका लागि सहारा नेपालद्वारा १५ लाख रुपैयाँ सहयोग

धरान । नेपाल सरकारले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि गरेको सहयोग आह्वानमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

सहारा नेपालका अनुसार संस्थाको सञ्चालक समिति तथा ऋण सहकारी संस्था लिमिटेड–२ का कर्मचारी परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको हो।

सहकारीले जारी गरेको अपिलमा भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, दुःखद् एवं विपद्को घडीमा बाढी प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सबैले आ–आफ्नो इच्छाअनुसार सहयोग गर्न आग्रह गरिएको छ।
सहकारीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आर्थिक सहयोग उपलब्ध गराई मानवीय सेवा तथा पुनित कार्यमा सहभागी हुनसमेत अपिल गरेको छ।

सहकारीले बाढीको घटनामा दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आफन्त गुमाएका परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, प्रभावितहरूको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित