कांग्रेस सुनसरी–१ द्वारा भोटेकोशी बाढीपीडितका लागि ५ लाख सहयोग

धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी केन्द्रीय कार्यसम्पादन समिति सदस्य राजीव कोइराला र जिल्ला सभापति केदार भण्डारीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।

कार्यक्रममा कोइरालाले भोटेकोशीको घटना बाढी मात्र नभई महाप्रलय र महाविपत्ति भएको उल्लेख गर्दै पीडितका लागि अपेक्षाभन्दा बढी रकम संकलन गरी सहयोग गरेकोमा क्षेत्रीय समितिलाई धन्यवाद दिए। उनले नेपाली कांग्रेसको महाधिवेशन घोषित मितिमै हुनेसमेत बताए।

जिल्ला सभापति भण्डारीले सुनसरीका प्रत्येक क्षेत्रबाट एक–एक लाख रुपैयाँ सहयोग संकलन गर्ने भनिए पनि क्षेत्र नं. १ ले ५ लाख रुपैयाँ जुटाएर सहयोग गर्नु प्रशंसनीय रहेको बताए।

क्षेत्रीय सभापति तामाङले प्रभावितको पीडामा मलम लगाउने उद्देश्यले मानवीय सेवाको भावनाबाट सहयोग गरिएको भन्दै सहयोगी सबैप्रति आभार व्यक्त गरे। कार्यक्रममा सहयोगदातालाई सम्मानसमेत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित