खेलमा मिलेमतो र ठगी : एन्फाका कोषाध्यक्षसहित दुई जना पक्राउ, ४ दिन हिरासतमा राख्न अनुमति

​काठमाडौँ — खेलमा मिलेमतो, अनियमितता तथा ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) का दुई पदाधिकारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले एन्फाका कोषाध्यक्ष र लेखा अधिकृतलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

​पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-३ पुल्चोक निवासी एन्फाका ६० वर्षीय कोषाध्यक्ष रविन्द्र जोशी र ललितपुर-५ लगनखेल, थसीखेल निवासी ५५ वर्षीय लेखा अधिकृत सन्जीव पाण्डे रहेका छन्।

​राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पत्र तथा बसन्त रिजालको निवेदन/जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

​पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतबाट पहिलो पटक ४ दिनको म्याद थप गरी हिरासतमा राखिएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा. द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित