चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालक नियन्त्रणमा

चितवन । चितवन प्रहरीले १३६ किलो ५०० ग्राम गाँजासहित एउटा ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९, जुगेडीबाट गाँजासहित ट्रक नियन्त्रणमा लिइएको हो।

काठमाडौँबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकमा गाँजा ल्याइएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले ट्रक रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा ट्रकको पछाडिको ढालामा त्रिपालले छोपेर राखिएका १० वटा पोकाबाट १३६ किलो ५०० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजासहित नियन्त्रणमा लिइएका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–४, पान्द्राङका २७ वर्षीय रञ्जित सुनार रहेको प्रहरीले जनाएको छ।

बरामद गाँजा, ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित