नागढुंगा सुरुङ मार्गमा कार्तिक १५ देखि टोल शुल्क उठाइने

​काठमाडौं, १२ कात्तिक । नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, विकास सहायता कार्यान्वयन महाशाखाअन्तर्गतको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिनेसम्बन्धी सूचना प्रकाशन गरेको छ।

​सडक बोर्ड नेपालको कार्यकारी समितिको मिति २०८३/०६/१२ को निर्णयानुसार तथा नेपाल राजपत्रमा मिति २०८२/१२/२६ मा प्रकाशित सूचनाबमोजिम आगामी कार्तिक १५ गतेदेखि सुरुङ मार्गमा टोल शुल्क संकलन सुरु हुने भएको छ।

​सवारीसाधनका वर्ग र निर्धारण गरिएको टोल शुल्क (रु.):

  • ​वर्ग १ (कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी):
    • ​काठमाडौं प्रवेश: ६५/-
    • ​काठमाडौंबाट प्रस्थान: ६०/-
  • ​वर्ग २ (मिनी बस, मिनी टिपर/ट्रक):
    • ​काठमाडौं प्रवेश: ११५/-
    • ​काठमाडौंबाट प्रस्थान: ८०/-
  • ​वर्ग ३ (बस, ट्रक – सिङ्गल रियर एक्सल):
    • ​काठमाडौं प्रवेश: २६०/-
    • ​काठमाडौंबाट प्रस्थान: २००/-
  • ​वर्ग ४ (मल्टी एक्सल ट्रक/सवारी साधन, भारी उपकरण):
    • ​काठमाडौं प्रवेश: ६००/-
    • ​काठमाडौंबाट प्रस्थान: २५०/-

​सम्बन्धित सबै सवारी धनी तथा चालकहरूलाई यसै सूचनामार्फत जानकारी गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित