धनराज राई
सुन्सरी/बराहक्षेत्र । समाजबादी बिधार्थी युनियन सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्रमा गत चैत्र ५ गते भएको स्वबियु निर्बाचनमा समाजवादी बिधार्थी युनियनको तर्फबाट सहभागी उमेदवार तथा समानुपातिक निर्बाचित सद्स्य बिद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
जनता समाजबादी पार्टी बराहक्षेत्र नगर समिटी ले नया बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा विद्यार्थीहरुलाई सम्मान कार्यक्रम राखिएका थिए । कार्यक्रममा स्वबियु निर्बाचनमा समानुपातिक तर्फबाट निर्बाचित सद्स्य अतीत निरौला ,प्रत्याशी अध्यक्ष /सभापती को उमेदवार नीर माया राई,सचिब पद का उमेदवार -बद्रीनाथ गौतम साथै सद्स्यहरुमा समीक्षा राई,दिपक पहाडी पोख्रेल,रोशन धामी ,रिया शाह, र सुम्निमा राई लाई सम्मान गरिए को थियो।
उक्त कार्यक्रममा कार्यक्रम सभापतित्व जन्ता समाजबादी पार्टीका नगर अध्यक्ष जे बि हाङ्ग राईले गर्नु भएको थियो । कार्यक्रम सन्चालन नगर सचिब भुपेन्द्र राजधामी तथा उपसचिब देबराम राईले गरेका थिए । उक्त कार्यक्रम का प्रमुख अतिथी प्रदेश न -१ का समिति प्रदेश सदसय मनोज प्रधान तथा विशिष्ट अतिथी जिल्ला कमिटी कोषाध्यक्ष ,समाजबादी महिला संघ प्रदेश सदस्य तथा बराहक्षेत्र नगर कार्यपालिका सदस्य -दुर्गा गुरुङ साथै अतिथीहरुमा जिल्ला सद्स्य तथा नगर ईन्चार्ज मणिप्रसाद राई,पुर्ब नगर अध्यक्ष ,जिल्ल सद्स्य नरेश कुमार राई,जिल्ला सद्स्य-धन राज राई लगायत को उपस्थिती रहेको थियो।
उक्त कार्यक्रममा शुभकामना मन्तब्य दुर्गा गुरुङ्ग तथा मनोज प्रदेश सद्स्य मनोजप्रधानले गर्नु भएको थियो । कार्यक्रम को समार्पण नगर कमिटी अध्यक्ष जेबि हाङ्ग राई ले आगमी दिन हरु मा बिधार्थी नेता हरु ले क्याम्पस भित्र को विभिन्न खाले कार्यक्रम र योजना हरु साथै क्याम्पस र बिधार्थी हरु को हक हित को लागि कार्यक्रम हरु मा नजिक बाट नियाल्दै राम्रो काम को समर्ठ र सहयोग,नराम्रो कामको बिरोध र आलोचना साथै समाधान को उपाय सहित अगाडि बढ्नु पर्ने बिचार राख्दै कार्यक्रमको समापन भएको थियो।





















Discussion about this post