सेवक अभियानको अगुवाईमा न्यानोवस्त्र, शैक्षिक सामग्री, जिन्सी वस्तु, खाद्यान्न र नगद वितरण कार्यक्रम सम्पन्न

संखुवासभा, भाद्र १६ । संखुवासभा जिल्लाको मनकामना मन्दिर परिसरमा रहेको वृद्धाश्रम र मानेभञ्ज्याङस्थित बाल कल्याण गृहमा रहेका बालबालिका र वृद्धवृद्धाहरूसँग भेटघाट तथा भलाकुसारी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा न्यानोवस्त्र, शैक्षिक सामग्री, जिन्सी वस्तु, खाद्यान्न र नगद वितरण गरिएको थियो।

यहि भाद्र १६ र १७ गते भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ की सभासद मीना श्रेष्ठ रहनु भएको थियो भने कार्यक्रमलाई सहज बनाउन सक्रिय सामाजिक कार्यकर्ता सुनिता श्रेष्ठ र सेवक अभियानका संस्थापक अध्यक्ष राजिव हलवाई सहित अभियन्ताहरूले उल्लेखनीय योगदान दिएका थिए। सहयोगी मनका दाताहरूको सक्रियतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी सुनिल श्रेष्ठ, वरुण क्याम्पस खाँदबारी, मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय तुम्लिङटारका व्यवस्थापन समिति, शिक्षक–शिक्षिका तथा विद्यार्थी भाइबहिनीहरूले स्वागत–सम्मान प्रदान गरेका थिए।

यस अवसरमा आयोजकहरूले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित