धनकुटा । धनकुटा भ्रष्टाचार मुक्त अभियन्ता लाक्पा तामाङले धनकुटा जिल्ला अदालतले माग गरेको धरौटी २० हजार रुपैयाँ नबुझाउदा जेल चलन भएको छ ।
मानहानी मुद्दा लागेका लाक्पा तामाङलाई जिल्ला अदालत धनकुटाले २० रुपैयाँ धरौटीमा रिहाई गर्ने आदेश दिए पनि आफू जेल जाने भनेपछि जेल चलन भएको कुरा श्रम संस्कृति पार्टी धनकुटाका संयोजक जितेन्द्र माङपाङले जानकारी दिए ।
केही समय अघि धनकुटा जिल्लामा बिना फार्म सुँगुरको अनुदान लिएको विषयमा धनकुटा जिल्ला नेकपा एमालेका सहसचिवले मानहानी मुद्दा लगाएपछि बेलयतबाट फर्केका लाक्पा तामाङलाई अदालतले हाजिर हुन पत्र काटेको बताए । आज ( कार्तिक १७ गते ) तामाङ जिल्ला अदालत पुगेका थिए ।
माङ्पाङका अनुसार श्रम संस्कृति पार्टीका समर्थ समेत पुगेको लाक्पा तामाङको समर्थक समेत अदालत पुगेको र वहस सुनुवाइमा संगै बसेको जानकारी दिए । वादिले दर्ता गरेको मानहानिको मुद्दामा जिल्ला न्यायाधीशले २० हजार धरौटी माग गर्दा मसंग पैसा छैन म जेल जान्छु भनेपछि उनी जेल चलान भएको कुरा माङ्पाङले जानकारी दिए ।
सर्वसाधारण किसानले कृषिमा अनुदान नपाउने तर पहुँचको आधारमा सुँगुर पालन नै नगरेको व्यक्तिले अनुदान लिएको विषयमा भनाभन भएपछि लाक्पा तामाङले सामाजिक संजालमा लेखेर मानहानी गरेको आरोप लगाउदै उजुरी दिएको बताए ।
लाक्पा तामाङले जेल जानू अघि सामाजिक संजालमा लेखेका छन – “एमालेले म सँग राजनीतिक प्रतिशाेध साँध्याे । खैर केहि छैन जेलमा आराम अनि अध्ययन गर्नेछु र जेलबाट निस्किएपछि अझ शशक्त रूपमा भ्रष्टाचार विरूद्ध लड्नेछु । जय धनकुटा । जय नेपाल । ”





















Discussion about this post