संखुवासभा । चीन सिमा जोडिएको ऐतिहासिक थातथलो शिङ्सालुङ भोट्खोला–२, (दम्दाङ )च्याम्ताङस्थित श्री अरुणोदय कर्माज्यामु आधारभूत विद्यालयले यो वर्ष आफ्नो ५३औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्तिक २६, २७ र २८ गते विभिन्न सांस्कृतिक तथा शैक्षिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। नियमितरूपमा असोज १६ गते मनाइँदै आएको उत्सव यस वर्ष दसैं बिदा परेकाले मिति परिवर्तन गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति (बि.व्य.स) का अध्यक्ष दिनाङ डेमा भोटेको अध्यक्षता तथा भोट्खोला गाउँपालिका उपाध्यक्ष सहना लामोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रधानाध्यापक पेक्मा भोटेले शैक्षिक सत्र २०८१/८२ को विस्तृत प्रतिवेदन प्रस्तुत गरे।
उत्सवका अवसरमा विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरू निम्नानुसार वितरण गरियो–
छात्रवृत्ति तथा पुरस्कार सूची
१. अति सिमान्तकृत तथा दलित छात्रवृत्ति
– सबै छात्रछात्रालाई रु ५००।
२. स्व. तेन्जिन धर्चे स्मृति छात्रवृत्ति (प्रति विद्यार्थी रु २७००)
सबैभन्दा धेरै हाजिरी: लप्साङ ढाब नुप्पा
विद्यालय प्रथम: पिम्बा लामु थिकेपा
३. स्व. ताप्चेन लामा भोटे स्मृति छात्रवृत्ति (प्रति विद्यार्थी रु १६५०)
बाल कक्षा प्रथम: पिम्बा डनेन नुप्पा
कक्षा १ प्रथम: पिम्बा लामु थिकेपा
कक्षा २ प्रथम: जेनिला च्यवा
कक्षा ३ प्रथम: पासाङ छेदर नुप्पा
कक्षा ४ प्रथम: ङिमा साङ्मु थिकेपा
विद्यालय द्वितीय छात्रा: जेनिला च्यावा
४. स्व. किन्साङ चिप्प स्मृति छात्रवृत्ति (रु ९००)
अनुशासित विद्यार्थी: खुसी बि.क
५. सरसफाइमा उत्कृष्ट विद्यार्थी
लाट्टे थिकेपा (स्टेसनरी)
६. गोलव छात्रवृत्ति पुरस्कार (प्रति व्यक्ति रु २३८५)
विद्यालय प्रथम छात्र: शुनिल बि.क
विद्यालय प्रथम छात्रा: पिम्बा लामु थिकेपा
७. गोलव अतिरिक्त क्रियाकलाप पुरस्कार
– हरेक महिनाको गतिविधिअनुसार रु ६८० बराबरको स्टेसनरी।
– विस्तृत विवरण गोलव समूहलाई उपलब्ध गराइने।
८. अक्षयकोषबाट सामग्री खरिद
स्व. वाङ्डाक रिक्षेरे स्मृति अक्षयकोष (रु ४०,०००) र
स्व. ल्हाबेन ज्याम्याङ स्मृति अक्षयकोष (रु २०,१००) को ब्याजबाट साउण्ड बक्स खरिद।
९. स्व. डनेन भोटे स्मृति अक्षयकोष
– उपस्थित सबैलाई रु ४८०० बराबरको खाजा।
१०. स्व. छिरिङलेन्डुक भोटे स्मृति अक्षयकोष (रु ५०००)
– वर्षभरि सबैभन्दा धेरै हाजिरी भएका शिक्षक: छिरिङ ङेरुक भोटे
११. पिम्बाडेमा अनाथ छात्रवृत्ति अक्षयकोष (रु ५७६०)
– पासाङ चिप्पा थिकेपा
यसै अवसरमा विद्यालयका पूर्व शिक्षक छिरिङ ङेरुक भोटेलाई औपचारिक बिदाइ समेत गरियो।
अन्त्यमा विद्यालय परिवारले सम्पूर्ण चन्दादाता, सहयोगी तथा सहभागीलगायत सबै महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।























Discussion about this post