काठमाडौ । अन्तरिम सरकारले नियुक्त गरेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महाबिर पुनले सपथ ग्रहण गरेलगत्तै देखाएका असामान्य शैली र तीव्र गतिका निर्णय सामाजिक सञ्जालमा चर्चा बनेका छन्। मन्त्रालयमै ओछ्यान लगाएर काम गर्ने भनाइपछि आजबाट मन्त्रालय पुगेका मन्त्री पुनले “सानो काम भए पनि तुरुन्तै प्रभाव पार्ने” भन्दै तीन बुँदे निर्देशन जारी गरेका छन्।
पहिलो, नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा नबञ्चित होस् भन्ने उद्देश्यले हरेक विद्यालयमा कम्तीमा एक दरबन्दी कम्प्युटर शिक्षक अनिवार्य थप्न मन्त्रालयका अधिकारीलाई आदेश दिएका छन्।
दोस्रो, केही विश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म ढिलाइ गर्ने अवस्थाले विद्यार्थीको भविष्यमा क्षति पु¥याएको भन्दै उनले अबदेखि बढीमा तीन महिनाभित्र नतिजा प्रकाशित गर्न निर्देशन दिए। समयमा नतिजा सार्वजनिक नगर्ने विश्वविद्यालयको सरकारी अनुदान रोक्का गर्ने चेतावनी समेत उनले दिए।
तेस्रो, त्रिभुवन विश्वविद्यालय किर्तिपुर परिसरभित्रको झाडी फाँडेर (ठूला रुख नकट्ने गरी) सफा गर्न, आकर्षक बगैंचा र फुटपाथ निर्माण गरी क्याम्पसलाई सुन्दर बनाउने योजना अघि बढाउन पनि उनले आह्वान गरेका छन्।
यी तत्कालका तीन कदमहरूले शिक्षा क्षेत्र सुधारको प्रारम्भिक संकेत दिएको भन्दै मन्त्री पुनको सक्रियता सामाजिक सञ्जालमा प्रशंसा हुँदैछ।




















Discussion about this post