नबिन सेन्चुरी
धरान । नेपाल खुला विश्वविद्यालय सामाजिक विज्ञान तथा शिक्षा संकायको आयोजना, श्री ल्याबोरेटरी माध्यमिक विद्यालयको सहकार्य तथा NORAD को सहयोगमा ‘Training cum Workshop on Classroom Pedagogy’ सम्बन्धी दुईदिने शिक्षक प्रशिक्षण धरान–८ स्थित सन्ध्या होटलमा सुरु भएको छ।
नेपाल खुला विश्वविद्यालय र ल्याबोरेटरी माविबीच गत साउन ३१ गते भएको मितेरी विद्यालय सम्झौताअनुसार शिक्षकको पेसागत क्षमता विकास, शिक्षण अभ्यास, इन्टर्नसिप तथा शैक्षिक अनुसन्धानमा सहकार्य हुँदै आएको छ।
भदौ ६ र ७ गते सञ्चालन हुने प्रशिक्षणमा ल्याबोरेटरी माविका २४ जना र १० वटा सामुदायिक विद्यालयका १४ गरी ३८ जना शिक्षक सहभागी छन्।
विश्वविद्यालयकी कार्यवाहक डिन डा. रुमा मानन्धरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्का प्रमुख अतिथि रहनुभएको थियो। प्रशिक्षणमा डा. जय राज अवस्थी, रोमकान्त पाण्डे, लाली गाहा मगरलगायतले विभिन्न विषयमा सहजीकरण गर्ने कार्यक्रम छ।
मितेरी विद्यालय कार्यक्रममार्फत विश्वविद्यालय र विद्यालयबीचको शैक्षिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै शिक्षक तथा विद्यार्थीको व्यावहारिक ज्ञान, सीप र क्षमता विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।





















Discussion about this post