धरानका ४ निजी विद्यालयलाई शिक्षा महाशाखाको स्पष्टिकरण, कारबाही प्रक्रिया अगाडि बढ्दै

धरान । धरान उपमहानगरपालिका शिक्षा महाशाखाले तोकिएको अधिकतम शुल्कभन्दा बढी शुल्क लिएको गुनासोपछि चार निजी विद्यालयलाई लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत तीर्थराज राईको हस्ताक्षर रहेको पत्रअनुसार विद्यालयहरूले नगरपालिकाले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएको विषयमा गुनासो प्राप्त भएपछि स्पष्टीकरण मागिएको हो।

स्पष्टिकरण सोधिएका विद्यालयहरूमा:
के.के. इन्टरनेशनल स्कुल, धरान–१५
युरेका आवासीय सेकेन्डरी स्कुल, धरान–१
होली गार्डेन एकेडेमी, धरान–९
सियोन स्कुल, धरान–१६
समावेश छन्।

पत्रमा सम्बन्धित विद्यालयलाई लिखित जवाफसहित शैक्षिक सत्र २०८२ को शुल्क विवरण तथा शैक्षिक सत्र २०८३ मा लिइएको शुल्कका बिलको सक्कल प्रतिलिपि लिएर निर्धारित मितिमा शिक्षा महाशाखामा उपस्थित हुन भनिएको छ।

तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिएको पुष्टि भएमा सम्बन्धित विद्यालयमाथि आवश्यक कारबाही गरिने चेतावनीसमेत पत्रमा उल्लेख गरिएको छ।

यसअघि पनि यी विद्यालयसहित ८ वटा विद्यालयलाई सचेत गराइसकिएको शिक्षा महाशाखा प्रमुख ध्रुव खड्काले बताएका छन्। शिक्षा क्षेत्रमा शुल्क सम्बन्धी अनियमितता रोक्न महाशाखाले निरन्तर अनुगमन र निगरानी गरिरहेको जनाइएको छ।

यस विषयलाई पत्रकार संजिता धमलाले निरन्तर रूपमा आवाज उठाउँदै आएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित