धरान उपमहानगरको शिक्षा क्षेत्रबारे ५ बुँदे निर्णय सार्वजनिक

धरान । धरान उपमहानगरपालिकाले शिक्षा सम्बन्धी सरोकार राख्ने आवाज संघर्ष समितिसँग २०८३ असार २२ गते भएको छलफलपछि शिक्षा क्षेत्रसँग सम्बन्धित ५ बुँदे निर्णय सार्वजनिक गरेको छ।

विज्ञप्तिअनुसार प्रमुख निर्णयहरू यस्ता छन्:
– शिक्षा नियमावली संशोधन: संघीय सरकारले जारी गरेको शिक्षा नियमावलीको दशौं संशोधन राजपत्रमा प्रकाशित भएपछि धरान शिक्षा नियमावलीको मस्यौदालाई पुनर्लेखन गरी नगर शिक्षा समितिमार्फत कार्यपालिकामा पेश गरिने।

– विद्यालय वर्गीकरण: आगामी शिक्षा समिति बैठकबाट संस्थागत विद्यालय वर्गीकरण समिति गठन गरी विद्यालय वर्गीकरण प्रक्रिया अगाडि बढाइने।
छात्रवृत्ति कार्यविधि: शिक्षा महाशाखाले तयार गरेको छात्रवृत्ति वितरण कार्यविधि विधायन समितिमा पेश गरिने।

– विद्यालय शुल्क कार्यान्वयन: शुल्कसम्बन्धी गुनासो आएका ४ वटा संस्थागत विद्यालयमा नगर शिक्षा समितिले २०८३ असार २३ गते गरेको निर्णय अक्षरशः कार्यान्वयन गराइने।

– अनुगमन प्रभावकारी बनाइने: नगर शिक्षा समिति र विद्यालय अनुगमन समितिबाट नियमित रूपमा हुने विद्यालय अनुगमनलाई अझ प्रभावकारी बनाइने।

उक्त विज्ञप्तिमा शिक्षा अधिकृत ध्रुवराज खड्काको हस्ताक्षर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित