काठमाडौं । जेन्जी आन्दोलनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त महावीर पुनले शिक्षा ऐन र नियमावली सम्बन्धी विषयमा दुई छुट्टाछुट्टै स्टाटस सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रस्तावित शिक्षा ऐन र नियमावली ल्याउने प्रक्रियाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
मन्त्री पुनले पहिलो स्टाटसमा पोस २९, ३० र माघ १, २ गरी जम्मा चार दिन बाँकी रहेको अवस्थामा आफूले प्रस्ताव गरेको ऐन र नियमावली ल्याउने समय भएको उल्लेख गरेका छन्। उनले कानुन निर्माण प्रक्रियामा कुनै पनि कारणले असफल नपार्न आग्रह गर्दै आफूले प्रस्तुत गरेको दृष्टि (भिजन) लाई कानुनले नछेको स्पष्ट पारेका छन्। साथै अन्तिम घडीसम्म पर्खिने अडान व्यक्त गरेका छन्।
त्यस्तै, दोस्रो स्टाटसमा उनले नयाँ शिक्षा नियमावली कहिले आउँछ, आउँछ कि आउँदैन भन्ने विषयमा आफूलाई पटक–पटक फोन गरेर नसोध्न अनुरोध गरेका छन्। सधैँ फोन आउँदा दिक्क लाग्ने उल्लेख गर्दै फोन गर्ने सट्टा बरु फूल राखेर भगवानसँग प्रार्थना गर्न सुझाव दिएका छन्। साथै कानुनका ‘देवता’ हरू खुशी भए नियमावली आउने संकेत पनि दिएका छन्।
मन्त्री पुनका यी अभिव्यक्तिले शिक्षा ऐन तथा नियमावली ल्याउने विषयमा सरकारमाथि चर्को दबाब रहेको र समयसीमाभित्रै प्रक्रिया टुंग्याउने प्रयास भइरहेको संकेत गर्छ।






















Discussion about this post