काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) बीच औपचारिक रूपमा पार्टी एकीकरण भएको छ।
मिति २०८२ पुस १३ गते काठमाडौंमा सम्पन्न दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले एकीकरणको निर्णय गरेको हो। बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउने, समावेशीता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायलगायतका एजेन्डालाई अझ मजबुत रूपमा अघि बढाउन एकीकरण आवश्यक रहेको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै, सोही दिन जसपा नेपालका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा बसेको बहुमत केन्द्रीय सदस्यहरूको बैठकले पनि जसपा नेपाललाई लोसपा नेपालसँग एकीकरण गर्ने निर्णय अनुमोदन गरेको छ।
दुवै पार्टीबीच भएको एकीकरणले मधेस केन्द्रित राजनीति थप एकताबद्ध हुने तथा संघीयता, लोकतन्त्र र सामाजिक न्यायका मुद्दामा साझा रूपमा संघर्ष अघि बढ्ने अपेक्षा गरिएको नेताहरूले बताएका छन्।























Discussion about this post