धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको बैठकले पुस मसान्तभित्रै विशेष महाधिवेशन आयोजना गर्नुपर्ने र सो महाधिवेशनमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समितिले बहुमत महाधिवेशन प्रतिनिधिको भावना र विधानमाथि अलोकतान्त्रिक खेलवाड गरेको आरोप लगाएको छ। बैठकले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, पार्टीले हालै पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूचिप्रति असन्तुष्टि जनाउँदै सूची संशोधन गरी अवसर नपाएकालाई प्राथमिकता दिन र सुनसरी–१ का हकमा नीति अनुसार उम्मेदवार छनोट गर्न माग गर्ने निर्णय गरिएको छ।
बैठकमा कोशी प्रदेश महामन्त्री उमेश थापालगायत महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो ।




















Discussion about this post