काठमाडौँ — काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा ऐतिहासिक सुधारको नयाँ अध्याय सुरु भएको छ। प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा साहसिक निर्णय, इमानदार कार्यान्वयन र परिणाममुखी कार्यशैलीका कारण विगतको अव्यवस्थित र विवादग्रस्त ट्राफिक प्रणाली क्रमशः अनुशासन, जनमैत्री र भरोसायोग्य बन्दै गएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रत्यक्ष निर्देशन र संस्थागत समर्थनमा अघि बढेका सुधारात्मक कदमहरूले रात्रि बसको अव्यवस्था नियन्त्रण, मोडिफाइ सवारीसाधनमाथि कडाइ तथा मापासे जाँचलाई दण्डभन्दा शिक्षा र व्यवहार परिवर्तनमा केन्द्रित गरेको देखिन्छ।
नवराज अधिकारीको कार्यशैलीले ट्राफिक प्रहरीको मनोबल बढाउनुका साथै आम नागरिकमा प्रहरीप्रतिको विश्वास मजबुत बनाएको बताइन्छ। यसलाई संरचनात्मक र संस्थागत रूपान्तरणको प्रारम्भका रूपमा लिइएको छ।
यसैबीच, विगतमा रुट पर्मिट भएका र नभएका रात्रि बसबाट मासिक अवैध रकम असुल्ने प्रचलन रहेको कुरा विभिन्न ट्राफिक वृत्तमा कार्यरत प्रहरीहरूको भनाइबाट खुलेको छ।
ट्राफिक एक्टिभिस्ट कृष्णबहादुर तामाङले नागरिक सहभागिता, सरोकारवाला निकायसँग नियमित परामर्श संयन्त्र र Participatory Policing Model अनुरूप सुधार अघि बढाउन माग गर्दै प्रहरी महानिरीक्षकको ध्यानाकर्षण गराएका छन्।




















Discussion about this post