धरानमा लागुऔषधसहित एक जना पक्राउ

– नवीन सेन्चुरी

सुनसरी, धरान — धरानस्थित इलाका प्रहरी कार्यालय (इप्रका) धरानले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्राप्त सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर तथा इप्रका धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उपमहानगरपालिका–८ क्षेत्रमा छापा मार्ने क्रममा स्थानीय लोक बहादुर खड्काका छोरा करिब ४० वर्षीय सुरज खड्कालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार खड्काको घरमा खानतलासी गर्दा सुत्ने खाटको सिरानी नजिकबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ २० पोका बरामद भएको छ। उक्त पदार्थको तौल प्लास्टिक बाहेक ५.५८ ग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इप्रका धरानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। (image AI)

(ब्राउन सुगर जस्तो देखिने बस्तु प्रहरीले बरामद गरेको बस्तु)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित